Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

श्री बाराही साकोसको तरलता व्यवस्थापन ।

श्री बाराही साकोसको तरलता व्यवस्थापन ।2079.11.12


भक्तपुर, हाल यस समयमा नेपालभरि मात्र नभइ विरशवभर नै आर्थिक समस्या तथा वित्तीय संकट भइ रहेको सम्पूर्ण सदस्यहरु जानकार नै हुनु हुन्छ । तसर्थ यसको प्रभाव नेपालमा पनि धेरै भइरहेको पनि यहाँहरुमा विदितै होला । विश्वमा आएको यस आर्थिक संकत संगै नेपालको बैक तथा बित्तिय संस्थाको तरलता व्यवस्थापनमा धेरै गाह्रो अवस्था रहेको पाइन्छ । तरलताको संकट नेपालको विभिन्न जिल्लाहरुका सहकारी संस्थाहरुमा पनि देखा परेको पाइन्छ । जसको असर गैर समुदायका सहकारी संस्थाका सदस्यहरुको धैर्यताको अवस्था नै रहेन ।
तर समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी संस्थाहरुमा यसले प्रभाव नपारेको पाइन्छ र समुदायमा आधारित सहकारी संस्थाको अवस्था सहज भएको पाइन्छ । तरलता व्यवस्थापन गर्न पूर्वानुमान गर्न नसक्नाले यस्तो असहज परिस्थिति झेल्नु परेको तथ्याङ्कले प्रस्त्याएको पाइन्छ । फरक फरक क्षेत्रमा तथा फरक फरक ऋण शिर्षकमा ऋण लगानी नगर्नाले पनि यो अवस्था भोग्नु परेको पाइन्छ । साथै सहकारी माफडण्ड, पल्र्स सुचकाङ्कको परिपालना नगर्नाका परिणम तरलता संकटको रुपमा लिन सकिन्छ । तर समुदायमा आधारित कतिपय सहकारी संस्थामा अहिलेमा पनि पर्याप्त तरलता व्यवस्थापन गरेको पाइन्छ ।
उदाहरणको रुपमा भक्तपुर नगर पालिका वडा नं ४, भुलाँचा स्थित श्री बाराही बचत तथा ऋण सहकारी सस्था लि.मा पनि पल्र्स सुचकाङ्कको माफडण्ड अनुरुप पर्याप्त तरलता रहेका छ । हाल संस्थामा तरलताको अवस्था वद्दै गइरहेको छ । यस सहकारी संस्था एसियाली ऋण महासंघको अगुवाइमा र नेफ्स्कूनको प्राविधिक सहयोगमा संचालित गुणस्तर निर्धारण गर्ने एक्सेस ब्राण्डिङ्ग कार्यक्रमा २०६५ साल देखि सहभागि भइ भक्तपुर जिल्लाको तिन बटा एक्सेस ब्राण्डिङ्ग संस्था मध्ये निरन्तर २०७३ साल देखि एक्सेस ब्रोण्ज ब्राण्ड प्रप्त गर्न सफल एक संस्थाको रुपमा चिनिन्छ ।
संस्थाको तरलता व्यवस्थापन अनुरुप आर्थिक बर्ष २०७८।०८९को असार महिना संस्थामा ३६.७८ प्रतिशत तरलता थियो भने आर्थिक बर्ष २०७९।०८०को श्रावन महिनामा ३०.७७ प्रतिशत, भाद्र महिनाको ३१.२५ प्रतिशत, असोज महिनामा ३१.७१ प्रतिशत कात्र्तिक महिनामा ३१.९२ प्रतिशत, मंसिर महिनामा ३०.४ प्रतिशत, पुष महिनामा ३१.१० प्रतिशत र माघ महिनामा ३४.२४ प्रतिशत संस्थामा तरलता व्यवस्थापन रहेको छ ।
तसर्थ श्री बाराही साकोसले तरलताको अभावको समस्या कहिले पनि नबेहोरेको संस्थाका प्रमुख, व्यवस्थापक श्री शिवजी हाकुदुवालले व्यक्त गर्नु भएको थियो । तरलता व्यवस्थापन गर्न संस्थाले विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माथिल्लो निकाय सहकारी संघ आदीमा गरि जम्मा २२ बटा बैक बित्तिय संस्थामा खाता संचालन गरि आएको व्यक्त गर्नु भयो । जस्ले गर्दा बैंकबाट बचत फिर्तामा समस्या नआउने प्रस्त्याउनु भयो ।
सहकारी ऐन, नियमावलीले ब्याजदरको स्प्रेडरेट ६ प्रतिशत कायम गर्न भनेता पनि यस संस्था समुदायमा आधारित सहकारी संस्थाको रुपमा संचालित रहेको हुनाले बचत र ऋणको व्याजदरको स्प्रेडरेट ४ प्रतिशत भन्दा कममा कारोवार गर्दै आएको व्यक्त गर्नु भयो । अत संस्थामा ३.७ प्रतिशत न्यून स्प्रेडरेटमा संस्थाको खर्च धान्दै आएको व्यक्त गर्नु भएको थियो । सदस्यमुखी भएर अगाडी बढेको र संस्थाप्रति सदस्यको विश्वास कायम हुँनाले संस्थाले तरलताको समस्या भाग्नु नपरेको संस्थाका व्यवस्थापक श्री शिबजी हाकुदुवालले जानकारी गराउनु भएको थियो ।
संस्थाले हरेक महिना मासिक बित्तिय विवरणहरु नियामक निकायमा पठाउने गरेको जानकारि दिन्दै समय समयमा त्रैमासिक बाराही इन्फो बुलेटिनबाट संस्थाको हरेक गतिविधिहरुको सुचना सम्प्रेशन तथा सदस्यहरुलाई जानकारी गराउन्दै आएको पनि व्यक्त गर्नु भयो । तसर्थ संस्थाले हाल सालै प्रकाशित गरेको माघ महिनाको अपरिष्किृत वित्तिय विवरण अनुरुप संस्थाको शेयर पूँजी रु ७,६३,७९,४००।— जगेडा तथा अन्य कोषहरु रु.६,२३,२८,९१४।—, कुल बचत रु.६७,३७,३६,९१२.७६, कुल ऋण रु.५९,६८,१४,१६३।—, अवितरित नाफा रु.१,०७,५०,६७६।—, कुल सम्पति रु.८८,६९,९४,२८२.४३, र संस्थामा जम्मा ६३१०जना सदस्य आवद्ध रहेको व्यक्त गर्नु भयो ।
श्री बाराही साकोसको २४औं स्थापना दिवस मिति २०७९साल फागुन २० गते हुने उपलक्ष्यमा साप्ताहिक कार्यक्रम गर्ने उद्देश्यले सदस्यहरुलाई विविध तालिम तथा प्रशिक्षण आयोजना गर्ने बताउनु भयो । जस अनुरुप मिति २०७९ साल फागुन १३ गते देखि २० गते सम्ममा सदस्य सहभागितामुलक तालिम कार्यक्रमहरुमा गुडपाक,सुत्केरी मसला, पोष्टकारी बनाउने तालिम, एक हप्ते आधारभुत मोटरसाइकल मेकानिकल तालिम, मिठाइ बनाउने तालिम, कौसी खेति तालिम,कम्पोष्ट मल बनाउने तालिम, खुल्ला रक्तदान कार्यक्रम, नियमित सदस्य र नियमित बालबचत कर्ता सम्मान कार्यक्रम आदिका साथ स्थापना दिवस मनाउने संस्था प्रमुख, व्यवस्थापक श्री शिबजी हाकुदुवालज्यूले जानकारी गराउनु भयो ।