Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

(डिजिटलमा रुपान्तरण)

सहकारी संस्थाको सेवा प्रवाहमा नविनतम प्रविधिहरुको कार्यान्वयन

(डिजिटलमा रुपान्तरण)

व्यवस्थापक श्री शिवजी हाकुदुवाल

सहकारी संस्थाहरुको सुरुवाती चरणहरुमा कुनै डिजिटल सेवाहरु प्रयोग नगरि म्यानुअल कामहरुवाट नै संस्थाका कार्यहरु सम्पादन गरिन्दै आएको थियो  । कोभिड —१९ले सहकारी संस्था र सदस्यहरुलाई नयाँ बानीको अभ्यास गराइदियो फलस्वरुप मानिसहरु एकै ठाउँमा बसेर धेरै ठाउँको कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने प्रस्ट भएको छ । घरमै बसेर कार्यालयका कामहरु गर्न सकिन्छ भन्ने देखियो । यसवाट के बझ्न सकिन्छ भने अब सहकारी संस्थाका सदस्यहरु सन् २०२१ भन्दा अगाडीको समयमा जस्तै कार्यालयमा भौतिक रुपमा उपस्थित हुन कम रुची राख्ने दखिन्छ । नयाँ पुस्ताका युवा वर्गका सदस्यहरुको एक अध्ययन अनुसार लगभग ५५ प्रतिशत ले अव सहकारीको कार्यालयमा उपस्थिति नभई सेवा उपभोग गर्न चाहन्छ भन्न् पुस्ति हुन्छ । बर्तमान समय डिजिटलको समय भएको हुनाले अवको प्रतिस्पर्धात्मक समयमा सहकारी संस्थाहरुले पनि डिजिटल रुपान्तरणमा लगानी गर्नै पर्ने देखिन्छ फलस्वरुप संस्था र सदस्यहरुविच निरन्तर जोडिरहन मद्दत पुर्याउने प्रस्त देखिन्छ ।

 

सहकारी संस्थाले प्रयोगमा नल्याएको वा ल्याउन नसकेको साथै सदस्यहरुले पूर्ण रुपमा बिश्वास नहुने, सदस्यहरुवाट उपयोग नगर्नेलाई यस कोभिड —१९ महामारीले सहकारी संस्थाका सदस्यहरुले पनि पूर्ण रुपमा डिजिटल बैकिङ सेवा प्रयोगमा आएको पाइन्छ । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले पहिले देखिनै मोबाईल बैंकिङ सेवा,म्यानुअल कामहरुलाई स्वचालित रुपमा सम्पादन गर्ने बैकिङ सफ्टवेयर प्रविधिको सुरुवात गरेका छन् तर यो यतिले डिजिटलाईज भएको मानिन्दैन र पर्याप्त छैन ।

विश्वमा डिजिटल रुपानतरको विषयलाई धेरै उजागर भइरहेको हुनाले नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाहरुलाई महत्वका बिषयमा चर्चा परिचर्चा भइरहको हुनाले श्री बाराही साकोसवाट पनि केहि डिजिटल प्रविधिहरुलाई आत्मसाथ गरि सदस्यहरु सामु डिजिटल प्रविधिको सेवा प्रवाह भइरहेको छ ।

यस सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको हुनाले हर हमेशा सदस्य सेवालाई प्राथमिकतामा दिइरहयो र थप सेवा र नविनतम सेवाहरुद्धारा बैकले दिने सेवा भन्दा फरक सेवाको अनुभुती दिलाईरहयो ।

अत विश्व परिवेशको चर्चा परिचर्चा संगसंगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषयलाई महत्वका साथ अगाडी बढाई रहेको पाइन्छ । कोभिड १९ महामारिले धेरै व्यवसायिक क्षेत्रमा असर गरेता पनि सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा भने अवसरहरु सृजना गरेको पाईन्छ । दशौं वर्ष देखि सहकारी संस्थाहरुले प्रविधियुक्त सेवाको वारेमा बहस गरिरहेको तर प्रविधिलाई आत्मासाथ गर्न गाह्रो भइ डिजिटल रुपान्तरणमा जान नसकेको परिपेक्ष्यमा यस कोभिड १९ को महामारीले उक्त सोचहरुलाई तिव्र गतिमा कार्यान्वयनमा ल्याउन मद्दत पुर्याएको छ ।

श्री बाराही साकोसले प्रयोगमा ल्याएका मुख्य डिजिटल प्रविधिहरु

 

. मोबाईल बैंकिङ सेवा :-

आ—आफ्नो स्थानवाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल प्रविधिवाट बित्तिय सेवाहरु लिन सकिने गरि बैंक तथा बित्तिय संस्थाले उपलब्ध गराएको डिजिटल सेवा/मोबाईल बैकिङ सेवालाई सदस्यहरुको माग अनुसार २०७५साल फागुन ५ गते देखि श्री बाराही साकोसवाट श्री बाराही स्मार्ट बैकिङ प्रविधि संचालनमा ल्याएको छ । यसवाट युटिलिटी र अन्य विल्स पेमेन्टहरु,फण्ड ट्रान्सफर,वालेटहरुमा रकम लोड गर्ने (E-sewa,Khalti) मोवाइल टपअप/भौचर, इन्टरने पेमेन्ट, टिभि पेमेन्ट, क्यूआर फोन पे जस्ता सेवाहरु थप भई यस सहकारी संस्थाले सदस्यहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ ।

 

. क्यु आर सेवा(FonePay)

यो सेवा एउटा बैकिङ क्षेत्रवाट अर्को बैकिङ क्षेत्रमा डिजिटल रुपमा पेमेन्ट गर्ने प्रक्रिया हो । यस सेवावाट छोटो समयमै एउटा बैकिङ क्षेत्रको खातावाट अर्काे बैकिङ क्षेत्रका खातामा सजिलै पेमेन्ट गर्न सकिनेछ । सदस्यहरुको कारोवारमा छिटो छरिटो र सजिलो बनाउने उद्देश्यले मिति २०७८ साल पौष महिनाको २५ गते देखि श्री बाराही साकोसवाट क्यु आर सेवा सुचारुमा ल्याएको सम्पूर्ण सदस्यहरुमा जानकारी गराइन्छ ।

 

. रेमिटेन्स सेवा :

Western Money Transfer, Hulas Remitance र ज्योति रेमितको सब एजेन्ट स्विकृती लिई बिदेशबाट पठाउको पैसा Western Money Transfer को माध्यमबाट झिक्न पाउने व्यवस्था र नेपालको विभिन्न भागको पैसा झिक्न र पठाउने व्यवस्था समेट श्री बाराही साकोसमा सुचारु भई रहेको छ । श्री बाराही साकोसमा  Weatern Union, Himal Remit, Garima Remit, City Express, Suryadaya Remit, Easylink, Esewa Money Transfer, Kumari Remit, GME Remittance, IME, IPay Remit, Century Remit, JME Remit, Jyoit Remit, Lumbini Remit, Mega Remit, Muktinath Remit, Nepal Remit, Prithivi Remit, Nic Asia Remit, Remit 2 Remit, Samsara Ramit, Sanima Xpress, Sewa Remit, United Remit गरि २५ बटा रेमिट सेवा समेटको व्यवस्था गरेको छ ।

 

. CFS REMIT(E-Billing) Services

संस्थाका सदस्यहरु विभिन्न निकायमा गएर लाइनमा बसि विल भुक्तानी गरि रहनु पर्ने झंझतवाट मुक्त गराउने उद्देश्यले संस्थावाटै NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन टेलिफोनको विल भुक्तानी सेवा, विधुत प्राधिकरणको विल भुक्तानी सेवा समेटको व्यवस्था सुचारु रहेकोछ ।